चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न ३ जना महिला पक्राउ
चितवन । चितवन प्रहरीले चोरी कार्यमा संलग्न रहेको आरोपमा तीन जना महिलालाई पक्राउ गरेको छ ।
चोरी तथा लुटपाट गर्न समुह नै बनाई सार्वजानिक स्थान तथा सवारीसाधनमा भिडभाडको फाइदा उठाई चोरी गर्ने सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ मुसहरीटोल बस्ने ३५ बर्षिया पिंकी धामीन सहित ३ जना महिलालाई पक्राउ गरी आज (बुधबार) सार्वजनिक गरेको हो ।
सार्बजनिक बसमा यात्रारत एक जना महिलाको ब्याग बाट गरगहना चोरी गरेको अवस्थामा चोरीको सुनको गरगहना सहित उनीहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिषेशगरी महिलाहरुलाई लक्षित गरी शरीरमा लगाएको गरगहना र खल्ती वा ब्यागमा राखेको सामान चोरी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पक्राउ परेकाहरु उपर चोरी कसुर ऐन अन्तर्गत मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्