Techie IT
मंगलबार, जेठ ७,२०८२

सेतो पुतलीका कारण आँखाका बिरामी बढे


पोखरा । गण्डकी प्रदेशमा सेतो पुतलीका कारण आँखामा समस्या देखिएर यसवर्ष पनि अस्पताल आउने बिरामी बढेका छन् ।

म्याग्दी बेनीका १८ वर्षीय युवक आँखामा समस्या देखिएपछि उपचारका लागि हिमालय आँखा अस्पताल पोखरा आएका थिए । तर, अस्पताल आउन ढिलो हुँदा उनले ज्योति गुमाएको अस्पतालकी मेडिकल डाइरेक्टर डा. इल्या श्रेष्ठले जानकारी दिइन् ।

सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) भनिने यो समस्या गण्डकी प्रदेशमा यो वर्ष भदौ १३ गतेपछि फेरि देखिएको छ ।

करिब १५ दिनको अवधिमा ३० जना यो समस्या लिएर हिमालय आँखा अस्पताल पुगेका छन् । जसमध्ये चार जनाले आँखाको ज्योति गुमाएका छन् । अरु बिरामी पनि अस्पतालको प्रत्यक्ष निगरानीमा उपचार गराइरहेका छन् ।

सोमबारमात्रै अस्पतालमा पोखराका ३ र बागलुङ, ढोरपाटनका एकजना शापुकै उपचारका लागि अस्पताल आएका छन् ।

विशेषगरी मनसुन अन्तिमतिर देखापर्ने यो पुतलीको शरीरमा कालो धर्सो हुन्छ । शरीरभरि बाक्लो रौं (झुस) भएको उक्त सेतो पुतलीको झुस आँखामा परे आँखा नै सुकाइदिने डा. श्रेष्ठको भनाइ छ ।

‘यसको सबैभन्दा बढी जोखिममा बालबालिका छन् । उनीहरु आफूमा भएको समस्या पनि बताउन सक्दैनन् । टेस्ट गर्न पनि एकदमै गाह्रो हुन्छ,’ उनले भनिन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सेतो पुतली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:10 am6:49 pm +0545