अध्यादेशबाटै देश चलाउने सरकारको तयारी
भदौ । सरकारले चालु संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने तयारी गरेको छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरुको खरो विरोध गर्ने दलकै नेतृत्वको सरकारले अध्यादेशमार्फत देश चलाउन खोज्नु निष्ठाको राजनीतिले आफैँलाई गिज्याएको आभास दिलाउँछ ।
सरकारले प्रतिपक्षीसँग संवादलाई वेवास्ता गरेपछि सदनबाट प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि सरकार अप्ठ्यारोमा परेको छ ।
समयमा विधेयक पारित नहुँदा सरकारले खर्च गर्न नसक्ने स्थिति आउनुका साथै कर्मचारीको तलब समेत रोक्का हुने स्थिति आएको हो ।
राजनीतिक दल फुटाउन सजिलो पार्न सरकारले अध्यादेश जारी गरेपछि एमाले फुट्यो ।
तर त्यसभन्दा अघि नै एमालेले माधव नेपालसहितका १४ जनालाई कारवाही गरेको पत्र सभामुखलाई पठाए पनि सूचना टाँस नगरेपछि एमालेले आफूहरुलाई भेदभाव भएको जनाएर संसद अवरोध गर्दै आएको छ ।
सरकारले आफूले विधेयक पारित गर्न नसकेपछि अब के गर्ने भनेर मंगलबार मन्त्रिपरिषद बैठक बोलाइएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अध्यादेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्