संखुवासभा हत्या आरोपित सार्वजनिक : एउटै चिर्पट प्रयोग गरि पाँच जनाको हत्या
काठमाडौँ, २७ भदौ । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न आरोपी लोक बहादुर कार्कीलाई प्रहरीले आइतबार संखुवासभा इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
कार्कीले ६ जनाको हत्या दाउराको चिर्पटले गरेको र हत्यालगत्तै चिर्पट जलाएको प्रहरीम समक्ष बयान दिएका छन् ।

घटनाको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक अधिकृतका अनुसार आरोपीले ६ जनालाई आक्रमण गरी घर गएलगत्तै हत्यामा प्रयोग भएको चिर्पट बालेका थिए । प्रमाण नष्ट गर्ने उद्देश्यका साथ चिर्पट बालेको पाइएको ती अधिकृतले बताए ।
आरोपित ३ पटकसम्म वैदेशिक रोजगारीमा गए पनि काम गर्न नसकेर फर्केको प्रहरीको भनाइ छ ।
प्रहरीलाई पक्राउ परेका कार्कीले दिएको बयानअनुसार आफूलाई मृतक तेज बहादुरले पटकपटक गाली गर्ने गरेको, घरमा धेरै ऋण लागेको तर पैसा कमाउन नसकेको, जीवनदेखि हार मानेको र हीनताबोध भएको कारण तेजबहादुरप्रति रिस साँधी हत्या गरेको बताएका छन् ।
घटनामा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी रुगम कुँवर र प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टरको टोली अनुसन्धानका लागि खटिएको थियो ।
आरोपीले सिआइबीका अनुसन्धान टोली समक्ष आफ्नो अपराध कबुल गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संखुवासभाको मादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्