फतिमालाई ओलीको जवाफः एमसीसीबारे तत्काल धारणा बनाउँदैनौं
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे तत्काल धारणा नबनाउने बताएका छन् । बिहीबार ओली निवास बालकोटमा एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको भेटमा ओलीले सो जवाफ दिएका हुन् ।
एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएको जानकारी दिए । प्रतिपक्ष दलहरुले भन्दा पनि सत्तामा रहेका दलहरुले पोजिसन क्लियर गर्नुपर्ने भन्दै ओलीले हतारिएर पोजिसन नबनाउने बताएका हुन् ।
भेटमा ओलीले आफूहरु सरकारमा रहँदा पनि सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै अहिलेका सत्तारुढ दलहरु र सरकारले यसबारेमा एमालेसँग यसबारे कुनै परामर्श नगरेको पनि टोलीलाई बताए ।
भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फतिमालाई ओलीको जवाफः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्