Techie IT
शुक्रबार, कात्तिक २१,२०८३

काठमाडौं आइपुग्यो एमसिसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली


अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चार दिने भ्रमणमा लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन् ।

नेपालमा निकै नै विवाद भइरहेको एमसीसी परियोजनाबारे ठोष कुराकानीका लागि उपाध्यक्ष फतिमा र नायब उपाध्यक्ष ब्रुक्स नेपालको चारदिने भ्रमणमा आएका हुन् । कतार एयरवेजबाट उनीहरू बिहान काठमाडौं आइपुगेका हुन् । विमानस्थलबाट उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन्।

चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमसिसी उपाध्यक्ष फतिमा


तपाईको कमेन्ट लेख्नुहोस्