संखुवासभाका जिल्ला समन्वय प्रमुखसहित १५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी
संखुवासभाको जिल्ला समन्वय समिति प्रमुखसहित १५ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। मंगलबार जिल्ला निर्वाचन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यसहित जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।
एकीकृत समाजवादी संखुवासभाका नेता हेमराज घिमिरेका अनुसार जिल्ला समन्वय समितिका प्रमुख शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, पाँचखपन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णबहादुर खड्का, पाँचखपन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष छत्रबहादुर न्यौपाने, सभापोखरी गाउँपालिका वडा नम्बर ५ वडाध्यक्ष याम सुब्बासहित १५ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादी सनाखत गरेको बताए।
त्यस्तै जिल्ला समन्वय समितीका सदस्य एक जना र वडा सदस्य नौ जनाले समेत एकीकृत समाजवादी सनाखत गरेका छन्। यसअघि संखुवासभाका प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ समाजवादी पार्टीमा सनाखत गराएका छन्।
क्याटेगोरी : राजनीति, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्