हिम रश्मिका विद्यार्थीहरूले बनाए जलविद्युत गृहः यसरी बल्यो बत्ती
हिम रश्मि हाई स्कुलका विद्यार्थीहरुले विद्यालयमा परियोजनाका रुपमा जलविद्युत गृहको नमूना बनाएर विजुली बत्ती बालेका छन् ।
विज्ञान विषयमा पढेका विद्युतसँग सम्बन्धित सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाउनकालागि विद्यार्थीहरूलाई यस्ता गतिविधिमा संलग्न गराउने गरिएको कुरा परियोजनाको नेतृत्व गरिरहनु भएको शिक्षक भुपेन्द्र खड्काले बताउनुभयो ।
पाठ्यक्रम विकास केन्द्र र शिक्षामन्त्रालयको सुपरिवेक्षण तथा बृटिस काउन्सिलको प्रत्यक्ष सम्लग्नतामा सञ्चालितआई.एस.ए (ISA)अवार्डको स्कुलको–अर्डिनेटरका रुपमापनि रहनु भएको उहाँलेयो परियोजना आई.एस.ए अवार्डका लागि आयोजना गरिएको बताउनुभयो ।
जलविद्युत गृहको व्यवहारिक प्रदर्शन गर्नु अघिविद्यार्थीहरूले मस्र्याङ्दी जलविद्युत आयोजनाको बाँध, पावर हाउस र कन्ट्रोलरुमको प्रत्यक्ष अवलोकन गरी ज्ञान आर्जन गरेकाथिए । यसका साथै भौतिक तथा भर्चुअल रुपमा जलविद्युत विज्ञ सँग भेटघाट गरी यस विषयमा थप ज्ञान बटुलेका थिए ।
विषय विज्ञका रुपमा ई. ओम थापा (सि.इ.ओ., राधी विद्युत कम्पनी) र ई. विमल खड्का (डेपुटी म्यानेजर तथा सिनियर ईन्जिनियर, चिलिमे ईन्जिनियरिङ) उपस्थित भई विद्युत सँग सम्बन्धित विविध पक्षहरूको जानकारी दिनु भएको थियो ।
सिकेका कुराहरूलाई विद्यार्थीहरूले पेपर तथा पावर प्रिजेन्टेसन पनि गरेका थिए भने भर्चुअल रुपमा भारतको आर.एम.के.माध्यामिक विद्यालयका विद्यार्थीहरू सँग आफ्ना कार्य र अनुभवहरूको आदानप्रदान पनि गरेका थिए ।
जलविद्युत गृह निर्माणका लागि आबश्यक डाइनामो, टर्वाइन, पाइप, तारहरू, एल इ डि बल्ब आदि विद्यालयले उपलब्ध गराएको थियो । त्यसरी उपलब्ध सामाग्रीहरू लाई प्लाइउड र फेब्रिक बाट बनाइएको नमूनापावर हाउसमा जडान गर्ने कामविद्यार्थीहरूले गरेका थिए ।
विद्यार्थीहरूले फेब्रिकबाट बनाइएको ड्याममा पानी जम्मा गरेर पाइप मार्फत टर्बाइनमा पानी खसाली डाइनामो मार्फत विद्युत उत्पादन गर्न सफलभएका हुन् ।
त्यो विद्युतबाट उनीहरूले शिक्षकर साथीहरू माझ बत्ती बालेर देखाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #हिमरश्मि विद्यार्थीहरूले बनाए जलविद्युत गृ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्