Techie IT
बुधबार, मंसीर ३,२०८३

नुवाकोटमा राष्ट्रिय कृषक समुह महासघं तदर्थ समिति गठन


नुवाकोट । कृषक समुहरुको राष्ट्रिय संजाल राष्ट्रिय कृषक समुह महासघं नेपालले नुवाकोट जिल्लामा जिल्ला तदर्थ समिति गठन गरेको छ।

विदुर न.पा स्थित नुवाकोट आदर्श बहमुखी क्याम्पसमा आयोजित सो कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघ,नेपाल बागमती प्रदेशको आयोजनामा प्रदेश सदस्य ज्योत्सना खत्रीको सभापतित्व, विदुर नगर पालिकाका उप प्रमुख गीता कुमारी दाहालको प्रमुख आतिथ्य र कृषि ज्ञान केन्द्र,नुवाकोटका अर्थ विज्ञ विशाल ढकालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

भेलाले जितेन्द्र अर्यालको अध्यक्षतामा १५ सदस्यिय नुवाकोट जिल्ला तदर्थ समिति गठन गरेको राष्ट्रिय कृषक समूह महासघ नेपालका राष्ट्रिय कार्य समितिको उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज पनचकाजी श्रेष्ठले बताए ।

सोही अवसरमा साना किसानको सवाल विषयक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय कृषक समुह महासघं


तपाईको कमेन्ट लेख्नुहोस्