काँग्रेसको महाधिवेशन रोक्न आदेश माग्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा नेपाली काँग्रेसको १४औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर कोरोनाको जोखिम न्यूनीकरण भएपछि मात्र महाधिवेशन गर्नुपर्ने आदेशको माग गर्दै उक्त रिट निवेदन दायर गर्नुभएको हो ।
“विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्रण मुख्य काम हो”, सांसद वैद्यले रासससँग कुरा गर्दै भन्नुभयो, “कोरोना नियन्त्रणपछि महाधिवेशन गर्नुपर्छ, जनताको जीउज्यान सबैभन्दा ठूलो कुरा हो ।” पार्टीको महाधिवेशन तत्काल नगर्दा कांग्रेसको वैधानिकतामा कुनै असर नपर्ने रिट निवेदनमा उल्लेख छ ।
आइतबारका लागि उक्त विषयमा सुुनुवाइ हुनेछ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ भने यही भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु हुँदै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेसको महाधिवेशन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्