प्रहरीलाई झुठो सूचना दिने एक जना पक्राउ
चितवन । प्रहरीलाई झुठो सूचना दिएर दु:ख दिन खोज्ने एक जनालाइ चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एन.एम.बि बैंकको शाखा कार्यालयबाट दश लाख रुपैयाँ रकम निकालेर आउने क्रममा अपरिचित ब्यक्तिले आफुलाइ अपहरण गरी जंगलको झुपडीमा लगेर राखेको छ भनी प्रहरीलाई झुठो सूचना दिने बारा कोल्वी घर भई हाल भरतपुर महानगरपालिका १२ बस्ने ४५ बर्षिया राजकुमारी चौधरीलाइ प्रहरीले पक्राउ गरेको हो । चौधरीले गत, (सोमबार) प्रहरीलाई सूचना दिएकी थिइन् ।
अनुसन्धान गर्ने क्रममा प्रहरीले नगद लुटिएको भन्ने सूचना झुठो रहेको पत्ता लगाएपछि उनलाई आज (बिहीबार) प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी उनीमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्