टाँडी बजारमा रहेको एटुजेड मोवाईल हाउसमा चोरी
चितवन । चितवनको रत्ननगर नगरपालिका २ टाँडी बजारमा रहेको एटुजेड मोवाईल हाउसमा गएराती चोरी भएको छ । अज्ञात समूहले रडको प्रयोग गरी सटरको लक तोडेर मोबाइल हाउस भित्र रहेको ६ लाख मुल्य बराबरको ३२ थान मोबाईल सहित केही थान घडी चोरी गरी लगेको पसलका सञ्चालक दिवाकर गुरुङ्गले जानकारी दिए । उनका अनुसार पसलमा महंगो मुल्य पर्ने मोबाइल चोरी भएको छ ।
आज (शनिबार) विहान स्थानीयले सटर फोडेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । एटुजेड मोबाईल हाउस जिल्लाकै लोकप्रिय र ठुलो पसल हो । यसको मुख्य कार्यालय भरतपुरको नारायणगढमा रहेको छ । भने, लायन्सचोक, टाँडी तथा जिल्ला बाहिर कावासोती बाट आफ्नो सेवा विस्तार गरेको छ । मोबाईल हाउसले झण्डै डेढ सय जना भन्दा बढीलाई रोजगारी समेत दिएको छ ।
प्रहरीलाई चुनौती दिदै चोर
यता, ईलाका प्रहरी कार्यालय रत्ननगरले भने, पसलमा रहेको सिसी क्यामेरामा कैद भएको चोरको हुलियाका आधारमा खोजीकार्य सुरु गरिएको जनाएको छ । जबकी चोरी भएको भनिएको एटुजेड मोवाईल हाउस बाट ईलाका प्रहरी कार्यालय रत्ननगर एक किलोमीटर दुरीमा मात्रै रहेको छ । त्यहाँ नजीकै प्रहरी बिट समेत छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गतको मुख्य बजारमै चोरी हुँदा समेत न त नजीकैको प्रहरी बिटले थाहा पाए, न त ईलाकाले नै । प्रहरी बिट समेतले थाहा नपाउनुले पनि रत्ननगरमा प्रहरीको शान्तिसुरक्षालाइ असफलताको रूपमा चित्रण गरेको छ ।
२४ सै घण्टा गस्तीमा हिंड्नुपर्ने प्रहरी रात परेपछि खासै बजारमा निस्किदैनन् । राती बजारमा देख्नुपर्ने प्रहरी समेत नौ बजेपछि खासै हुँदैनन् । जसले गर्दा चोरको बिगबिगी समेत बढ्दो छ । सूचना संकलनका लागी घुमुवा प्रहरी समेत खटाइएको छ । तर, पनि चोरीका घट्नालाइ नियन्त्रणमा लिन भने प्रहरी प्रायः असफल हुँदै आएको छ ।
पछिल्लो समय यस क्षेत्रमा चोरीका घट्नामा वृद्धि हुँदै गएको छ । यसअघि शृङ्खलाबद्ध रूपमा चोरीका घट्ना घटे पनि प्रहरीले खासै चासो भने दिएका थिएनन् । अहिले रत्ननगरमा प्रहरी प्रमुखको रूपमा इन्द्रबहादुर रानाले नेतृत्व सम्हालिरहेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्