Techie IT
बिहीबार, वैशाख १७,२०८३

भीम आचार्य प्रदेश नं १ को मुख्यमन्त्री बन्दै , आजै सपथग्रहण गराउने तयारी


विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री  शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

बिहीबार बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् ।

आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा सपथग्रहण गराउने तयारी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भीम आचार्य


तपाईको कमेन्ट लेख्नुहोस्