रत्ननगरमा रातको समयमा तरवार बोकी हिंड्ने २ जना पक्राउ
चितवन । चितवनमा रातको समयमा तरवार बोकी हिंड्ने २ जनालाइ टाँडी प्रहरीले पक्राउ गरेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ११ सित्तलटोलस्थित सार्बजनिक कच्ची सडक खण्डमा शंकास्पद रुपमा हिंड्डुल गरिरहेको अवस्थामा फेला परेका सोही ठाउँ बस्ने ३२ बर्षिया सरोज तामाङ र २० बर्षिया समिर नेपालीलाई नियन्त्रणमा लिइ चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रहरीले फलामको धारिलो धार भएको २ फिट ८ ईन्च लामो तरबार १ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
उनीहरुलाइ आइतबार राती १० बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ११ सित्तलटोलस्थित सार्बजनिक कच्ची सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपितहरु माथि आवश्यक अनुसन्धान गर्न सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको टाँडी प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्