दलित पार्टीको राष्ट्रिय भेला असोजमा हुने
काठमाडौं । नेपाल दलित पार्टीका अध्यक्ष मेखबहादुर कामीले पछिल्ला दिनमा जघण्य अपराधका घटना बढ्दै गए पनि त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् ।
सो पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष कामीले राज्यले नै जघण्य अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाए । उनले उनले कञ्चनपुरकी निर्मला पन्त लगायतका अन्य बलात्कारपछि हत्यामा संलग्नहरुलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन माग पनि गरे ।
अध्यक्ष कामीले नेपाल दलित पार्टीको आगामी राष्ट्रिय भेला आगामी असोज दोस्रो हप्ता हुने जानकारी दिए । उनले आगामी असोजको १६, १७ र १८ गते कास्कीको पोखरामा राष्ट्रिय भेला गरिने जानकारी दिए ।
सो भेलामा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने उनले बताए । सो पत्रकार सम्मेलनमा अध्यक्ष कामले पार्टीले आगामी राष्ट्रिय भेलापछि नयाँ रुप लिने दावी गरे । उनले राष्ट्रिय भेलाको सबै तयारी पूरा भइसकेको जानकारी दिए ।
सो पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञपतीमा कैलालीकी माया विक र कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई जन्म कैदको माग गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दलित पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्