प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ
चितवन । चितवनको कालिका नगरपालिकाबाट प्रतिबन्धित लागूऔषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
हिजो (मंगलबार) दिउँसो ४ बजे कालिका नगरपालिका वडा नम्बर ३ स्थित मिलिजुली टोलबाट सोही नगरपालिकाको वडा नंम्बर ७ स्थित नमुनाटोल बस्ने २४ बर्षिया बिजय सुनारलाइ प्रहरीले पक्राउ गरी आज (बुधबार) सार्वजनिक गरेको हो ।
प्रहरी चौकी जुटपानीका प्रहरी इन्चार्ज पदम बहादुर बस्ताकोटीको कमान्डमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । सुनारले पोलिथिनको झोला बोकी शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा प्रतिवन्धित लागूऔषध जस्तो देखिने नाइट्राजेपाम ट्याब्लेट्स आइपी, नाइट्राभेट १० लेखिएको पन्ध्र सय थान ट्यावलेटहरु सहित उनलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका सुनारविरुद्ध लागूऔषध ऐन २०३३ अन्तर्गतको मुद्धामा सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई अहिले टाँडी प्रहरीले आफ्नु नियन्त्रणमा राखेको छ ।
जुटपानीमा सई पदम बहादुर बस्ताकोटीले इन्चार्जको रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । उनलेे त्यहाँको जिम्मेवारी सम्हालेको २० दिनको अवधिमा मंगलबार ठुलो परिमाणमा लागूऔषधसहित उनलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी स्रोतले जनाएको छ । यस अघि जुटपानी प्रहरीले नै ३१ सेट लागूऔषध सहित २ जना तथा वन मुद्दामा फरार रहेका एक जनालाइ समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइसकेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्