हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै
नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ ।
दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । शवलाई काठमाडौँ पठाउने तयारी रहेको छ ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए । दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #हेलिकोप्टर दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्