Techie IT
सोमबार, जेठ ६,२०८२

ट्रकचालकको हत्या गरी १८ लाख मूल्यबराबरको चामल लुटपाट


बुटवल, २७ साउन । रुपन्देही जिल्लामा ट्रकचालकको हत्या गरी १८ लाख मूल्यबराबरको खाद्यान्न लुटिएको घटना सार्वजनिक भएको छ ।

भारतीय नम्बर प्लेटको युपी ५३ एटी ०१४१ नम्बरको ट्रकका चालक भारत महाराजगन्ज ग्राम एकडेगवा टोल बुडवा बस्ने तौफिक अहमद पठानको हत्या गरेर खाद्यान्न चामल लुटपाटमा संलग्नलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । चालकको शव सिद्धार्थनगर नगरपालिका– १३ डण्डा खोलामा पानीमा तैरिएको अवस्थामा प्रहरीले साउन २० गते फेला पारेको थियो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ निवासी वर्ष ३० का सद्दाम कुजडा, सोही स्थानका वर्ष २७ का रिजवन भन्ने अली मुसलमान, वर्ष २८ का महेश कहार र तनहुँ शुक्लागण्डकी– १० बस्ने वर्ष २७ को सुनिल पौडेलको संलग्नतामा चालकको हत्या गरी चामल लुटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

काठमाडौंमा रहेका नन्दन गुप्ता नाम गरेका व्यापारीले मगाएको चामल रुपन्देहीमा लुटिएको हो


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्रकचालकको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:11 am6:49 pm +0545