चितवनमा दुइ जना फरार प्रतिवादी पक्राउ

चितवन । चितवन प्रहरीले दुइ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बन पैदावर चोरी निकासी तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार दुइ जना प्रतिवादीलाइ पक्राउ गरेको जनाएको हो ।
प्रहरीका अनुसार जिल्ला अदालत चितवनको गत, मंसिर १७ गतेको फैसलाले बन पैदावर चोरी निकासी मुद्दामा दुई लाख छ हजार नौ सय साठी जरीवाना तोकेर फरार रहेका खैरहनी नगरपालिका वडा नम्बर १ बस्ने ३० बर्षीया बिनोद बुर्लाकोटी र जिल्ला अदालत धादिङको २०७४ माघ २८ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद र पचास रुपैयाँ जरीवाना तोकेर फरार रहेका साविक खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने २६ बर्षीया संजोग भट्ट लाई हिजो (आइतबार) पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । पक्राउ परेका दुवैलाइ फैसला कार्यान्वयनका लागी सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्