Techie IT
आईतबार, असार ८,२०८२

एमाले केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कमिटीबाट निर्वाचित गर्ने प्रावधान


नेकपा(एमाले)को आज सम्पन्न केन्द्रीय कमिटीको ११ औँ बैठकले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ ।

प्रस्तावित विधानमा केन्द्रीय कमिटीको अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशन हलबाट तथा केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कमिटीबाट निर्वाचित गर्ने प्रावधान राखिएको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

यस प्रकारको प्रावधान मातहतका कमिटीमा पनि लागू हुनेछ । पत्रकारको प्रश्नमा प्रवक्ता ज्ञवालीले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल लगायत नेताहरूलाई पार्टी गतिविधिमा फर्कन जतिबेला पनि ढोका खुला रहेको तर पार्टीका नियमित गतिविधिलाई अनन्तकाल सम्म रोकेर पर्खन नसकिने स्पष्ट गर्नुभयो ।

 


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:07 am7:03 pm +0545