तीन हजार ६५१ सङ्क्रमित थपिए, २२ को मृत्यु
पछिल्लो २४ घण्टामा थप तीन हजार ६५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा १६ हजार ५९४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४४५ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार ६०९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी छ हजार १४९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । देशका विभिन्न ठाउँमा २२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ११५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप एक हजार ७८४ जना कोरोना सङ्क्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेशनमा रहेका ती सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना सङ्क्रमित भइ निको हुने दर ९३ दशमलव ५ प्रतिशत छ । हालसम्म छ लाख ७१ हजार ८३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी देशभर ३६ हजार २८८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ९०७ होम आइसोलेशनमा छन् भने संस्थागत आइसोलेशनमा तीन हजार ३८१ जना छन् ।
सात सय ४१ जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । देशभर ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सङ्क्रमित
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्