बुढानिलकण्ठका सव–इन्जिनियर पौडेल ७२ हजार घुससहित रंगेहात पक्राउ
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका सब–इन्जिनियर (प्राविधिक) बिनोद पौडेल आज ७२ हजार घुस लिदाँलिदैँ रंगेहात पक्राउ परेका छन् ।
पौडेललाई बुढानिलकण्ठ वडा नं. ६ स्थित होटल सब्रिनाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
नगरपालिकाको सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग । ७२ हजार घुस÷रिसवत माग गरेको सुचना पाएको टोलीले पौडेललाई उक्त रकम सहित पक्राउ गरेको थियो । पौडेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।
पौडेल पक्राउ परेसँगै बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुमा खैला बैला मच्चिएको छ र नगरवासीले तिरेको करमा तर मारिरहेका केहि शाखा प्रमुख र कर्मचारीहरुको सातो उडेको एक जनप्रतिनिधिले नाम नखुलाउने शर्तमा बताएका छन् ।
प्राविधिक शाखाका पौडेल पक्राउ परेसँगै अहिले बुढानिलकण्ठ नगरपालिकामा योजना, स्वास्थ्य, जिन्सी, लेखा लगायतका शाखाहरुमा पनि आज व्यापक गाइगुइ र रुवावासी चलेको दृश्य निकै रोचक रहेको एक प्रत्यक्षदर्शीले बताएका छन।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #घुससहित रंगेहात पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्