झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ। उनको केही समयअघि दिल्लीको एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो।
बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ।
‘अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनु हुनेछ’, उनका स्वकीय सचिव कृष्ण भट्टराईले भने।
स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते उनलाई दिल्ली लगिएको थियो। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #झलनाथ खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्