सुजिता मृत्यु प्रकरण : हाडनाताभित्रको प्रेम सम्बन्धका कारण निम्तिएको त्यो कलह
चितवन । चितवनको राप्ती नगरपालिका ३ की २३ बर्षीया सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरण प्रेम सम्बन्धका कारण रहेको खुल्न आएको छ । झापाको झापा गाउँपालिका ६ शरणामतिका सचिन भन्ने सुकदेव भण्डारी र मृतक सुजिता भण्डारी लामो समयदेखि प्रेम सम्बन्ध रहेको र सोही कारणले सुजिताको मृत्यु भएको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

अनुसन्धानमा तालिमप्राप्त कुकुर सहित प्रहरी
कान्छो काकाकी छोरी सुजिता भण्डारी र सुकदेव भण्डारी नाताले दाजु बहिनी रहेको भएपनि उनीहरु बीच केही समयदेखि प्रेम सम्बन्धमा रहेको खुल्न आएको छ । प्रेम सम्बन्धका बारेमा परिवारले थाहा पाएपछि उनीहरुलाइ धेरै पटक सचेत समेत गराएका थिए । चितवनबाट दिदीको घर काठमाडौं जान्छु भनेर हिडेंकी सुजिता केही समय दिदीको घरमा बसेर सुकदेवलाई कोठा खोज्न दबाब दिएकी थिईन् ।

मृतक : सुजिता भण्डारी
सुजिताले कोठा खोज्न दबाब दिएपछि सुकदेवले कोठा खोजेर उनलाइ बोलाएका थिए । सुजिता र सुकदेव संँगै बसेको र असार ९ गते सुजिताले सुकदेवलाई विवाह गर्न दबाब दिएपछि सामाजिक तथा नैतीक कठिनाई हुने भएपछि बिवाह नगरेका उनीहरुले सम्भव भएसम्म विदेश जाने नभए एक आपसमा अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना समेत बनाएको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

पक्राउ परेका सचिन भन्ने सुकदेव भण्डारी
असार ९ गते सुकदेवलाई विवाह गर्न प्रस्ताव गरेपछि सोही बिषयलाइ लिएर उनीहरु बीच विवाद भएको प्रहरी अनुसन्धानले देखाएको छ । विवाह नगरे सुजिताले मर्ने धम्की दिएपछि सुकेदेवले जे सुकै गर भनेर धम्काएको समेत खुल्न आएको छ । यता, सुजिताकी आमा अम्बिका भण्डारीले सचिन भन्ने सुकदेव भण्डारीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकी छिन् । मृतककी आमा अम्बिकाले सुजितालाई आत्महत्या गर्न वाध्य बनाइएको भन्दै जाहेरी दिएकी हुन् ।

पीडितको जाहेरीपछि प्रहरीले सुकदेवलाई साउन ७ गते (बिहीबार) काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ परेका सुकदेवमाथि सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्यलाई अघि बढाइएको चितवन प्रहरीका प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
भएको के थियो ?
गत, असार ११ गते बिहान ६ बजे मृतक सुजिता भण्डारी प्रतापपुरमा रहेको आफ्नी साथीको घरमा तरकारी लिन जान्छु भनी निस्किएकी थिइन् । अघिल्लो रात नै तरकारी लिन जान्छु भनिएकी सुजिताले भोलिपल्ट दिउँसो १२ बजे आफ्नी साँइली दिदी कविता भण्डारीलाई फोन गरेर अज्ञात समूहले आफुलाइ अपहरणमा गरेको बताएकी थिइन् ।

बहिनीको भनाइका आधारमा दिदी कविताले सोही दिन ईलाका प्रहरी कार्यालय भण्डारामा आफ्नी बहिनी अपहरणमा परेको बताउँदै निवेदन दिएकी थिइन् । बहिनीको भनाईलाईं उदृत गर्दै दिदी कविताले आफ्नी बहिनीलाई सिमरा चोकबाट अपहरणमा गरेको खबर प्रहरीलाई गराएका थिए । उक्त खबर पाएलगत्तै उनको खोजीमा चितवन प्रहरी र केन्द्रिय अनुसन्धान ब्यूरोको टोली जुटेको थियो ।

पत्रकार सम्मेलन गर्दै प्रहरी
अनुसन्धानको सबै उपायहरु अवलम्बन गरिरहेको प्रहरीले बिज्ञ टोली समेत झिकायो । खोजतलासकै क्रममा रहेको अवस्थामा असार २० गते दिउँसो उनको शव ब्रम्स्थानी सामुदायीक वनमा भेटियो । प्रहरीले शवसँगै पतेरा मार्न प्रयोग हुने बिषादीको बोतल, झोला र उनले प्रयोग गर्ने गरेको मोबाइल फेला पारेको थियो । अपहरण भएको हुनसक्ने कुनै प्रमाण नभेटेपछि एक सातासम्म प्रहरी रनभुल्ल थियो । परिवारलाई भण्डारीले फोन गरेर आफू अपहरित भएको भनेकी थिइन्, तर अनुसन्धानले ठिक विपरित संकेत गरिरह्यो ।

आक्रोशित स्थानीय सडक अवरुद्ध गर्दै
अपहरण भएको भनिएका वेला उनले मोबाइलमा लामो समय ‘डाटा’ प्रयोग गर्नु, मोबाईलमा दोहोरो कुराकानी हुनु जस्ता अस्वाभाविक गतिविधि देखियो, ‘पूर्वतिर’ गएको भन्दै सन्देश पठाउँदा मोबाइलमा चितवनकै कुमरोजको टावर सक्रिय देखियो । यहीँ क्रममा असार २१ गते प्रहरीले शव पोष्टमाटमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवी शिक्षण अस्पताल पठाएको थियो । पोष्टमाटममा सुजिताको शरीरमा कुनै पनि किसिमको चोटपटक नदेखिएपछि प्रहरीको अनुसन्धान आत्महत्या तर्फ मोडियो ।

मृतकको शव झाडीमा अड्किएको अवस्थामा
पोष्टमाटममा केही नदेखिएपछि प्रहरीले २३ भिसेरा परीक्षणका लागि खुमलटार पठाएको थियो । भिसेराको रिपोर्ट आउन भने बाँकी छ । सुजिता भण्डारीको हत्या भएको र सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै स्थानीयले राजमार्ग नै ठप्प पारी आन्दोलन चर्काएका थिए । बुद्ध शान्ति स्कुलमा बीबीएस अध्ययन गर्ने सुकदेवको कान्छो काकाकी छोरी सुजिताका परिवार नुवाकोटबाट चितवन बसाइँ सरेर गएका थिए । सुजिता अपहरणमा परेपछि टाँडीका डिएसपी ईन्द्रबहादुर रानाको नेतृत्वमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्