कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित

नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने करिब–करिब निश्चित भएको छ ।
यद्यपि, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही साउन १२ गतेदेखि शुरु गर्नेगरी कार्यतालिका बनाएको थियो ।
तर, पार्टी सत्तामा पुगेको, कोरोना भाइरसको तेस्रो लहरको चिन्ता बढेको तथा पार्टीभित्र क्रियाशील सदस्यताको विवाद नटुंगिएका कारण निर्धारित कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ । अब पार्टीको शीर्ष तहमा छलफलपछि अर्को मिति तय हुने स्रोतको दाबी छ ।
स्रोतका अनुसार वडा तहको अधिवेशन सार्दा साउन २८ वा २९ मा गर्नेगरी सार्ने तयारी गरिएको छ । यसैगरी, पार्टीको १४औं केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म तय भएकोमा त्यो मितिसमेत भदौ अन्तिमका लागि सार्ने तयारी भइरहेको छ ।
कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार २० भित्रै सदस्यताको काम सकेर असार ३० भित्र सभापतिलाई सदस्यताको सूची बनाइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पनि सभापतिलाई समितिले सदस्यताको सूची बुझाउन सकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्