कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित
नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने करिब–करिब निश्चित भएको छ ।
यद्यपि, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही साउन १२ गतेदेखि शुरु गर्नेगरी कार्यतालिका बनाएको थियो ।
तर, पार्टी सत्तामा पुगेको, कोरोना भाइरसको तेस्रो लहरको चिन्ता बढेको तथा पार्टीभित्र क्रियाशील सदस्यताको विवाद नटुंगिएका कारण निर्धारित कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ । अब पार्टीको शीर्ष तहमा छलफलपछि अर्को मिति तय हुने स्रोतको दाबी छ ।
स्रोतका अनुसार वडा तहको अधिवेशन सार्दा साउन २८ वा २९ मा गर्नेगरी सार्ने तयारी गरिएको छ । यसैगरी, पार्टीको १४औं केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म तय भएकोमा त्यो मितिसमेत भदौ अन्तिमका लागि सार्ने तयारी भइरहेको छ ।
कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार २० भित्रै सदस्यताको काम सकेर असार ३० भित्र सभापतिलाई सदस्यताको सूची बनाइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पनि सभापतिलाई समितिले सदस्यताको सूची बुझाउन सकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्