फुटुङ्ग ,चिम्वरपोखरी सडक दयनीय : सार्बजनीक यातायात बन्द
काठमाडौ । तारकेश्वरमा अवस्थीत फुटुङ्ग , चिम्वरपोखरी सडक यतीबेला दहीनीय अवस्थामा छ ।
असारे बिकाश वा बर्खायाममा ढल खन्दा तत्काल मर्मतसम्भार नगरी यथास्थितिमा सडकलाइ मर्मत तथा ग्राभेल नगर्दा अहिले फुटुङ्ग चिम्वरपोखरी , टारसडक खण्डको अवस्था दहीनीय रहेको छ भने सवारी साधन ठप्प छ ।
उतरी भेगको सबैभन्दा पुरानो काठमाडौ महानगरसंगै जोडीएको यो सडकको अवस्था दिनप्रतिदिन दहीनीय अवस्थामा रहेको छ ।
बिरामी बोक्ने एम्बुलेन्स तथा आवतजावत गर्न र खाद्यान्न ढुवानीका लागि अत्यन्तै समस्या भएको स्थानिय बताउछन ।
सडकको पनि उचित मर्मत संहार नगर्दा सो क्षेत्रमा गाडी चलाएर जीवन गुजारा गर्दै आएका चालकले ठुलो समस्या परेका छन ।
कोरोना महामारीबाट थल्लीएका सवारी चालक तथा यातायात ब्यवसाहीहरु बिस्तारै तङ्गरने अवस्थामा नाजुक सडककै कारण यातायात बन्द गर्न परेको यातायात ब्यवसायी गणेश तिमिल्सिना बताउछन ।

सडक क्षतिग्रस्त भएपछि यतिबेला सडकमा सवारी साधन गुड्न छाडेका छन।
तारकेश्वर नगरपालीकाले बजेटको अधिकांश रकम सडकमा हालेको भए पनि त्यसको उचित सदुपयोग र गुणस्तरीय काम नहुँदा समस्या भएको हो ।
सडक निमार्णका लागी तारकेश्वर यातायात प्रा.लीले पटक पटक आग्रह गर्दा पनि स्थानिय सरकारले नसुनेको र आजै नगरपालीकामा ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ ।
हाल सो सडक खण्ड अन्र्तगत वडा नं ७ को सडकको अवस्था नाजुक रहेको छ भने वडा नं १ साङ्गलाको सडक कालोपत्रे भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चिम्वरपोखरी सडक, #फुटुङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्