टोखामा भीम रावललाई भेट्न पुगे माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष भीम रावलसँग भेट गर्नुभएको छ । रावललाई भेट्न नेता नेपाल उनकै निवास टोखा पुग्नुभएको हो ।
बुधबार भएको आफूपक्षीय स्थायी कमिटी बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न टोखा पुग्नुभएको हो ।
नेपालका मुख्य सहयोगीका रुपमा रहेका रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालको निर्णयप्रति असहमति जनाएका थिए । पार्टी एकताका लागि जोड दिँदै आएका रावलले नेतृत्वप्रति असन्तुष्टि राख्दै साउन ३ गते नै सांसद पदबाट राजीनामा दिनुभएको थियो । यद्यपि उहाँको राजीनामा स्वीकृत भइसकेको छैन ।
रावल एमाले कार्यदलमा नेपाल पक्षको वार्ता टोलीका संयोजक पनि हुनुहुन्थ्यो । उक्त कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले तयार गरेको उक्त सहमतिलाई एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #माधव नेपाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्