एमाले नेता भीम रावलले दिए सांसदबाट राजीनामा
साउन । नेकपा एमालेका उपाध्यक्ष तथा माधव नेपाल पक्षका भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल पक्षको निर्णयबाट असन्तुष्ट बनेका उनले आइतबार राजीनामा दिएका हुन् ।
रावलले आफूले लामो राजनीतिक जीवन बिताएको तथा नेपाल र नेपालीका निम्ती कार्य गरेको बताए । तर आफूले पछिल्लो राजनीतिक घटनाक्रममा खासगरी पार्टीका नेतृत्वहरुबाट भएको भूमिकाले आफूलाई निराश तुल्याएको उनले बताएका छन् ।
काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने स्थिति आएपछि उनले राजीनामा घोषणा गरेका छन् ।
पछिल्लो समय पार्टीको विवाद समाधानका लागि रावलले नेतृत्वदायी भूमिका खेलेका थिए ।
कार्यदलका नेपाल पक्षका संयोजक समेत रहेका रावलले आइतबार बिहान विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गरेका थिए ।
एमाले विभाजन गर्न उद्यत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति देउवाले मिलेर आजै देउवाले विश्वासको मत लिने भएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्