Techie IT
बिहीबार, जेठ २,२०८२

ट्राफिक कारबाहीमा परेका कागजपत्रबारे जानकारी एसएमएसबाटै पाउने


काठमाडौं । ट्राफिक प्रहरी कारबाहीमा परेका कागजपत्रबारे जानकारी लिन एसएमएसबाटै पाउने भएको छ । ट्राफिक प्रहरी महाशाखाले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्नेलाई प्रहरीले कारबाही गरेपश्चात नियन्त्रणमा लिएका कागजपत्रबारे जानकारी लिन जानकी टेक्नोलोजीले तयार पारेको Document Tracking System (DTS) मोबाइल एसएमएसमार्फत सेवा लिन सकिने भएको छ ।

ट्राफिक महाशाखाले दिँदै आएको सेवालाई थप प्रभावकारी, सहज एवं सरल बनाई आम सेवाग्राहीको सुबिधालाई ध्यान दिई प्रविधिको प्रयोगमार्फत अबदेखि ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्र लिन कहाँ जाने ? कसरी लिने ? भन्ने अन्यौलताबाट मुक्त गराउन महाशाखाले सेवा सुरु गरेको त्यहाँका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले बताउनुभयो ।

उहाँले यी सबै जानकारी लिन सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा Echalan स्पेस आर्थिक वर्ष स्पेस Chit Number टाईप गरी ३४००१ मा म्यासेज पठाएर जानकारी लिन सकिने व्यवस्था मिलाएको उहाँको भनाइ छ ।

डकुमेन्ट ट्र्याकिङ्ग सिस्टमले मोबाइल एसएमएसमार्फत तुरून्त पुस म्यासेज सेवाग्राहीलाई पठाउने गर्दछ, सोहीअनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ । कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाइन १०३ ब्यस्त हुने हुनाले समेत समस्या हुने गरेको थियो, अब भने एसएमएस सिस्टमले सहज हुने ट्राफिक प्रहरी महाशाखाले बिश्वास लिएको छ ।

उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरे पनि १७ वटा कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यवस्था गरिएको हुँदा कतिपय टाढाबाट आउने चालकलार्इ पर्ने असुबिधालाई समेत ध्यान दिई सहज बनाउने प्रयास गरिएको एसएसपी भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै जानकी टेक्नोलोजीका सहायक प्रबन्धक सनम दिप शाक्यले ट्राफिक प्रहरीले प्रविधिको बिस्तार गरी सेवाग्राहीलाई दिने सुबिधा क्रमशः बढाउँदै लगेको र यस एसएमएस सेवाले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने बिश्वास गरेको जानकारी दिनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्राफिक प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:13 am6:46 pm +0545