बैंकिङ कसुरमा फरार झापाका ढुंगेल चितवनबाट पक्राउ
चितवन । बैंकिङ कसुरमा तीन महिनादेखि फरार रहदै आएका झापाका एक युवालाइ चितवन प्रहरीले आज (बिहीबार) पक्राउ गरेको छ ।
सम्मानित उच्च अदालत पाटनको गत, चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड छपन्न लाख रुपैयाँ जरिवाना फैसला सुनाई फरार रहदै आएका झापाको दमक नगरपालिका वडा नंम्बर १६ तथा साविकको गोर्खेधाप गा.वि.स. वडा नंम्बर १ स्थाई ठेगाना भई हाल काठमाण्डौको चन्द्रगिरी नगरपालिका वडा नंम्बर १५ तीनथाना बस्ने ५५ बर्षीया गोपाल प्रसाद ढुंगेललाइ चितवनको रत्ननगर नगरपालिका वडा नंम्बर ११ जिरौनाबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
प्रहरीका अनुसार बैंकिङ कसुरमा फरार रहदै आएका ढुंगेल पछिल्लो समय चितवन जिल्लामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीमाथि निगरानी बढाउँदै आएको थियो । सोही क्रममा प्रहरीले उनलाई आज (बिहीबार) बिहान साँढे नौ बजे जिरौना बाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका ढुंगेलमाथि आवश्यक कार्वाहीको लागी सम्मानित चितवन जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्