Techie IT
सोमबार, जेठ ६,२०८२

कार्यभार सम्हाल्न नपाउँदै प्रहरीमाथि गृहमन्त्री खाँणको ठाडो हस्तक्षेप


काठमाडौँ । गृह मन्त्रालयले केपी ओली नेतृत्वको सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा रोकेको छ ।

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई प्रहरी प्रधान कार्यालयलाई प्रहरी अतिरिक्त महानिरीक्षक –एआइजी) को सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएर हस्तक्षेप सुरु गर्नुभएको हो ।

 

मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ ।

ओली नेतृत्वको असार २४ गते भएको मन्त्रिपरिषदको बैठकले एआईजीहरुको सरुवा गर्ने निर्णय गरेको थियो ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल, उहाँका ब्याची प्रद्युम्न कार्की, अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल र प्रशासन विभागका निरजबहादुर शाहीलाई सरूवा गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गृहमन्त्री खाँण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:11 am6:49 pm +0545