यस्ता छन् नवगठित सरकारका पहिला दुई निर्णयहरु
काठमाडौँ, २९ असार । नवगठित सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ ।
सपथ ग्रहणपछि मंगलबार सिंहदरबारमा बसेको शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले चैत मसान्तसम्ममा सबै नागरिकलाई दिने निर्णय गरेेकाे छ । जसमा असाेजसम्ममा एक तिहाई नागरिक र चैत मसान्तसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले संसदीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।
त्यस्तै, कोरोना फ्रन्टलाइनमा खटिएकाहरुलाई जोखिम भत्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।
आजै बहिर्गमन भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारले कोरोनाविरुद्धको करिब डेढ करोड खोप प्रबन्ध गर्ने व्यवस्था गरिसकेको छ । त्यसैअनुसार नियमित खोप लगाउनको कार्य यसअघि नै भइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नवगठित सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्