Techie IT
शुक्रबार, जेठ ३,२०८२

प्रधानमन्त्री देउवाले लिए शपथ


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #देउवाले लिए शपथ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain with Thunder
5:12 am6:47 pm +0545