‘नमुना युवा संसद’ मा सुदूरपश्चिम प्रदेशबाट को–को
काठमाडौँ,ः युवाहरुलाई संसदीय अभ्यास गराउदै आएको ‘नमुना युवा प्रदेश सभा’ सम्पन्न भएको छ ।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको यहि असार २२ गतेदेखि भएको प्रदेश सभा आज मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेश सभामुख, मन्त्री, सांसदको भूमिका निभाउदै युवाहरुले सम्पन्न गरेका छन् ।तीन दिनसम्म नमूना युवा संसदको प्रशिक्षण दिएर युवालाई अभ्यास गराइएको हो ।
सभामा देशभरिका सातवटै प्रदेशबाट २८४ जना १६ देखि २४ बर्ष उमेरसमूहका युवाको सहभागि रहेका थिए ।
मुख्यमन्त्रीको भूमिकामा सुदूरपश्चिम प्रदेशबाट सुरेन्द्र गिरीले नमुना युवा संसदबाट मुलुकको संसदीय परम्परा र अभ्यासबारे जान्ने मौका पाइएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशबाट प्रदेश प्रमुख रुपा कठायत, सभामुख अर्जुन लुहार, उपसभामुख मेनका कुँबर, ज्येष्ठ सदस्य कमल न्यौपाने, आन्तरिक मामिला तथा कानून मन्त्री धु्रवचन्द्र जोशी, सामाजिक विकासमन्त्री निसम लोहार चयन हुनु भएको छ ।
यस्तै आर्थिक मामिला मन्त्री डम्बर सिं कार्की, भौतिक पूर्वाधार तथा उद्योग मन्त्री स्वस्तिका खत्री, प्रमुख सचेतकमा दीपा भण्डारी, मुख्य सचेतकमा वसन्ती सापकोटा र प्रमुख प्रतिपक्ष दलको नेतामा निसा भसाली चयन हुनु भएको छ ।
परिषद सदस्य गोविन्द गिरीले युवालाई संसदीय प्रणालीबारे जानकारी र नेतृत्व विकास गर्नका लागि युवा संसद कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार हरेक बर्ष युवालाई संसदीय अभ्यास परिषद्ले गराउदै आइरहेको छ ।
युवा प्रदेश सभा बैठकमा उपस्थिति नमुना युवा सांसदले कोरोना भाइरस रोकथाम गरेमात्र जनजिविकालाई सहज बनाउने सकिने भन्दै कोरोना भाइरस विरुद्धको खोप प्रदेश सरकारले आफ्ना प्रदेशका नागरिकलाई उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्