राजमार्गमा अवरोध सृजना गरी ढुंगामुढा तथा आगजनी गर्ने दुइ जना पक्राउ
चितवन । चितवन प्रहरीले आगजनी तथा ढुङ्गामुढा गरी राष्ट्रिय राजमार्गमा अवरोध सृजना गरेको आरोपमा दुइ जनालाइ पक्राउ गरेको छ ।
पुर्वी चितवनको राप्ती नगरपालिका ३ निवासी २३ बर्षिया सुजिता भण्डारीको मृत्युको बिषयलाइ लिएर खैरहनी नगरपालिका वडा नंम्बर १ स्थित साइचोकमा राजमार्ग अवरुद्ध गरेर आगजनी तथा ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले खैरहनी नगरपालिका वडा नंम्बर २ काशीगाउँ बस्ने ३० वर्षीय सुरज डल्लाकोटी र खैरहनी नगरपालिका वडा नंम्बर १ साइचोक बस्ने १८ वर्षीय अनिष बस्नेतलाइ पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ परेका उनीहरूले हिजो (बुधबार) दिउँसो ४ बजे सुजिता भण्डारी मृत्युको प्रकरणलाई लिएर राष्ट्रिय राजमार्गमा अवरोध सृजना गरी सवारी आवागमनमा अवरोध गरेको तथा ड्युटीमा खटिएको प्रहरी टोलीमाथि समेत ढुङ्गामुढा गरी कर्तव्य पालनामा बाधा पुर्याएकोले आरोप छ । पक्राउ परेकाहरु उपर सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्