इजरायलले दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो
असार । इजरायल सरकारले नेपाललाई दिएको २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुगेको छ ।
इजरायलले नेपाललाई ५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायत कोरोना भाइरस संक्रमितको उपचारसँग सम्बन्धित सामग्री सहयोग गरेको हो ।
यसैबीच कोभिड—१९ सँग सम्बन्धित इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्ने सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत आफ्नै पहलमा पठाएको इजरायलका लागि नेपाली राजदूत डा. अञ्जना शाक्यले बताइन् ।
नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत ती सामग्रीसहित बिहीबार बिहान सवा ११ बजे काठमाडौं ल्याइएको हो । विमानस्थलमा इजरायली राजदूत हनान गोडेरले नेपालको स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सामान हस्तान्तरण गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्वास्थ्य सामग्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्