Techie IT
शुक्रबार, जेठ ३,२०८२

कोरोना भाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस


जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन(६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ ।

औषधीसम्वन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोना भाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययनमध्येको एक भएको जानकारी दिइएको थियो ।

‘कोरोना भाइरसका कारण गम्भीर अवस्थामा रहेका विरामीलाइ पनि यसले सन्चो गराएको पाइएको छ, यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ,’ डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने । रासस


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विश्व स्वास्थ्य संगठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain with Thunder
5:12 am6:47 pm +0545