नेपाल–भारत सिमानाबाट दुई सय महिला तथा बालबालिकाको उद्धार

पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।
विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२÷७३ मा २३ महिला तथा २७ बालबालिकासहित ६० जनाको उद्धार गरिएको थियो । आव २०७३÷७४ मा २४ महिला र ४० बालबालिसहित ७३ जनाको उद्धार गरिएको थियो । आव २०७४÷७५ मा ७० बालबालिका तथा १७ महिलासहित ८७ जनाको उद्धार गरिएको पालले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका कारण बालबालिका विद्यालय छोडेर रोजगारीका लागि भारत जाने गरेका छन् । “विद्यालको पोशाकमै मजदुरी गर्न भारत जाने गरेका छन्,” इन्चार्ज पालले भन्नुभयो, “भारतमा बेचविखनको डर रहेकाले सीमाबाटै घर फर्काउने गरेका छौँ ।” पढाइ खर्चको जोहो गर्न बिदाको समयमा भारत जाने विद्यार्थीको सङ्ख्या अत्यधिक रहेको छ । “चैत र वैशाखमा बढीजसो मजदुरी गर्न भारत जाने गरेका छन्,” उहाँले भन्नुभयो । उद्धार गरिनेमा १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिका र किशोरकिशारी रहेका छन् । अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीको लहलहैमा घरबाट भागेर भारत जाने गरेको पाइएको छ ।
आर्थिक अवस्था कमजोर भएका बालबालिका बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी बताउनुहुन्छ । “घरपरिवारको स्वीकृति लिएर भारत जानेको सङ्ख्या कमै छ,” उहाँले भन्नुभयो, “कतिपय किशोरकिशोरी भागेर विवाह गर्न तथा भारतमा लुकेर बस्नसमेत जाने गरेका छन् ।” उद्घार गरिएका बालबालिका तथा किशोरकिशोरीलाई सम्झाइ बुझाइ जिल्ला प्रहरी कार्यालयले उनीहरुको अभिभावकको जिम्मा लगाउने गरेको छ । सिमानाका झुलाघाटबाट उद्घार गरिनेमा बैतडी बाहेक डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, डोटी, कालिकोट, हुम्ला, मुगुलगायत जिल्लाका बालबालिका र किशोरकिशोरी रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल–भारत सिमाना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्