पत्रकार अधिकारीद्धारा चैनपुरको हिरासत कक्ष व्यवस्थापनमा सहयोग
संखुवासभाका अग्रज पत्रकार पदमबहादुर अधिकारीले आफ्नो ४७ औँ जन्मदिनको अवसर पारेर आज विहान ईलाका प्रहरी कार्यालय चैनपुरको हिरासत कक्ष व्यवस्थापनमा सहयोग गरेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालयको हिरासत कक्षको समतल भुईँ खाट भत्किएको देखिएपछि सो ठाउँमा व्यवस्थित रुपबाट हिरासत मर्मत गर्ने प्रयोजनका लागि आर्थिक सहयोग स्वरुप कार्यालय कक्षमा नै ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरीक्षक कमलबहादुर मिश्रलाई सहयोग स्वरुप चेक हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल¸ स्थानीय समाजसेवी पर्वत श्रेष्ठ¸ सङ्खुवासभा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चुडाबहादुर कटुवाल¸ जिल्ला विकास समिति सङ्खुवासभाका पूर्व सदस्य एवं समाज स्पर्श समितिका अध्यक्ष लवकुमार श्रेष्ठ¸ कानुन व्यवसायी एवं सङ्खुवासभा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भवानीप्रसाद आचार्य¸ शारदा माध्यमिक विद्यालय पोखरीका शिक्षक अजित अधिकारी सहितको उपस्थितिमा जन्मोत्सवको अवसरमा प्र।ना।नि। मिश्रलाई चेक हस्तान्तरण गर्नु भयो ।
जिल्ला अदालत सङ्खुवासभाको चैनपुरमा रहेको र पूर्पक्षका लागि जिल्ला भरीबाट ईलाका प्रहरी कार्यालय चैनपुरको हिरासतमा थुनुवाहरुको अत्यधिक चाप हुने हुँदा हिरासतका महिला पुरुष राखिने २ वटै कोठामा बस्न सहज होस् भन्ने उदेश्यले यस किसिमको सहयोग गरेको पत्रकार अधिकारीले बताउनु भयो । जन्मदिन मनाउन पश्चिमा सँस्कृतिलाई पछ्याउँदै गरिने फजुल खर्च काटेर सामाजिक क्षेत्रमा सेवा गर्ने अभिप्रायले चैनपुरको प्रहरी हिरासतलाई व्यवस्थापनका लागि सहयोग गरेको उहाँको भनाई छ । पत्रकार अधिकारीले यस अघि पनि आफ्नो ४६ औँ जन्म दिवसको अवसरमा जिल्ला कारागारका कैदी बन्दीहरु बस्ने कोठामा टेबल फ्यान हस्तान्तरण गर्नु भएको थियो ।
पत्रकार अधिकारी संखुवासभा जिल्लाबाट प्रकाशित हुने लालीगुराँस साप्ताहिकका प्रकाशक र सम्पादक एवं राष्ट्रिय समाचार समिति सङ्खुवासभाका जिल्ला संवाददाता समेत रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #पदम अधिकारी, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्