विप्लव नेकपाको काठमाडौं उपत्यकामै कम्युन घर ,खेती तथा पशुजन्य उत्पादनका काम
काठमाडौं, २१ असार । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेको हो ।
ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको खबर छ । कम्युन घर बन्ने जग्गा भने हरिसिद्धि गुठीको रहेको बुझिएको छ ।
गुठीको जग्गा लिजमा लिएर विप्लवले काठमाडौंमा बस्दा त्यही कम्युन घरमा बसेर दैनिक पार्टी कार्यालय सञ्चालन, भेटघाट थलो मात्रै होइन खेती तथा पशुजन्य उत्पादनका काम गर्ने र आयआर्जन गरी केन्द्रीय हेडक्वार्टरलाई आत्मनिर्भर बनाउने सपनासहित जग्गा लिजमा लिएको स्रोतले बतायो । साँघु साप्ताहिकले समाचार लेखेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विप्लव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्