Techie IT
सोमबार, वैशाख २९,२०८२

सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च


विराटनगर- निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछि कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ।

हप्तादिनदेखि पहाडि जिल्लाहरुमा निरन्तर बर्षात भएपछि सप्तकोसीमा पानीको बहाव उच्च भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। उनले शनिबार बिहान ९ सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड २ लाख २१ हजार ४७५ क्युसेक पुगेको जानकारी दिए। सप्तकोसीमा पानीको बहाव उच्च भएसँगै कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै सचेत गराइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो।

सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्बसाधारण आतंकित बनेका छन् । पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी व्यारेजका ५६ मध्ये २९ वटा मात्र ढोका खोलेको छ। प्रमुख जिल्ला अधिकारी अधिकारीले ४० ढोका खोल्न अनुरोध गर्दा समेत भारतले ढोका खोल्न नमानेको बताइएको छ । सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ती डुवानमा पर्ने त्रास बढेको स्थानीयले बताएका छन् ।

इटहरीका केही क्षेत्र डुवानमा

पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरु डुबानमा देखिएका छन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन् । त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ ।

इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला भरिएर सडकबाटै बगेको छ । सो क्षेत्रमा आवतजावतमा समेत समस्या देखिएको छ । वर्षा सँगै खोलाहरुमा जलस्तर बढेको छ । सुनसरी, बुढी, गडनलगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यता सप्तकोशी नदीमा पानीको वहाव यसवर्षकै उच्च मापन भएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot, #सप्तकोसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:14 am6:45 pm +0545