Techie IT
सोमबार, जेठ ६,२०८२

काठमाडौँको थलीमा छाप्रोमाथि टिपर खस्दा सुतिरहेका एक दम्पतीको मृत्यु


काठमाडौँ । काठमाडौँको थलीमा टिपर बाटो मुनिको छाप्रोमा खस्दा दुईजनाको मृत्यु भएको छ ।

बाटो मुनिको छाप्रोमाथि टिपर खस्दा छाप्रोमा सुतिरहेका ५३ वर्षीय साइँला तामाङ र उनकी श्रीमती ५५ वर्षीया जयन्ती तामाङको मृत्यु भएको हो ।

उनीहरू त्यहाँ राँगा कुर्नका लागि बसेको प्रहरीले जनाएको छ । टिपर चालक ३१ वर्षका गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कागेश्वरी मनहरा नगरपालिका–५ साँघु–चावहिल सडकखण्ड अन्तर्गत थलीमा टिपर सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको हो ।

बौद्ध प्रहरीका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार शनिबार बिहान ४ बजेतिर साँघुबाट आउँदै गरेको बा ५ ख २५११ नम्बरको टिपर सडकबाट तल खसेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #थलीमा छाप्रोमाथि टिपर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am6:49 pm +0545