खाँदबारीमा अपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सिसि टिभी क्यामेरा जडान
संखुवासभाको सदरमुकाम खाँदबारी बजारमा अपराधिक क्रियाकलापहरु न्यूनीकरण गर्ने उद्धेश्यले सिसि टिभी क्यामेरा जडान गरिएको छ ।
सोमबार एक कार्यक्रम बीच जिल्ला प्रहरी कार्यालयमा सिसि टिभी क्यामेराको उद्घाटन गरिएको हो । समृद्ध खाँदबारी नगर बनाउने सन्दर्भमा सबैभन्दा महत्वपूर्ण शान्ति सुरक्षा भएकाले बजारका मुख्य चौकहरुमा सिसि टिभी क्यामेरा जडान गर्ने प्रस्ताव आएपछि सहर्ष रुपमा स्वीकारेर कार्यक्रम अघि बढाएको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताए ।
सदरमुकाम खाँदबारी बजार र आसपासका क्षेत्रमा दिनानुदिन अप्रिय घटनाहरु घट्ने, निषेधाज्ञाको समयमा समेत अटेर गर्ने प्रबृत्ति समेत बढेको समयमा शान्ति सुरक्षा र सुब्यबस्था कायम राख्नका लागि बजारका मुख्य—मुख्य क्षेत्रमा सिसि टिभी क्यामेरा जडान गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बजार क्षेत्रका विभिन्न ब्यक्ति, बित्तिय बैंक तथा संघसंसस्थाहरुको सहयोगमा सिसि टिभी जडान गरिएको स्पष्ट पारे ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक नवराज मल्लले प्रायः जसो भौतिक पूर्वाधारलाई मात्रै बिकास भन्ने गरिएपनि यस्ता काम पनि बिकास र समृद्धि अन्तर्गत नै पर्ने भएकाले आफ्नो कार्यकालमा शान्ति सुरक्षा र सुब्यबस्था कायम गर्नका लागि बजार क्षेत्रमा सिसि टिभी क्यामेरा जडान गर्न पहल गरेको बताए ।

सदरमुकाम खाँदबारीको जिल्ला प्रहरी कार्यालय अगाडि देखि भानुचौक, नगरपालिका चौक हुर्दै देवकोटा चौक सम्म सिसि टिभी क्यामेरा जडान गरिएको छ भने तुम्लिङ्गटार क्षेत्रमा कत्लेभञ्जाङ्ग र सभाखोलामा समेत सिसि टिभी क्यामेरा जडान गरिएको छ । मुख्य—मुख्य चौक र बजार क्षेत्रमा हाल ३२ वटा सिसि टिभी क्यामेरा जडान गरिएको छ । भने निकट दिनमा ५० वटा पु¥याउने लक्ष्य राखिएको जनाएको छ । विगतका दिनहरुमा पनि खाँदबारी बजार क्षेत्रमा सिसि टिभी क्यामेरा जडान गरिएपनि समयमा मर्मत संम्भार र संरक्षण नहुदाँ दिगो हुन सकेको थिएन । त्यसैले अहिले खाँदबारी नगरपालिकाको तर्फबाट नगर प्रमुख मुरारीप्रसाद खतिवडा, संखुवासभा उद्योग वााणिज्य संघको तर्फबाट का.वा. अध्यक्ष कुष्णभगत प्रधान र बज्र ट्रेडको तर्फबाट निराकार बज्रचार्य बीच त्रिपक्षिय संम्झौता समेत गरिएको छ । पाँच बर्ष सम्म क्यामेरा बिग्रिए, तार लगायतका प्राविधिक काम बज्र ट्रेडको जिम्मेवारी हुने र संरक्षणको मुख्य जिम्मेवारी खाँदबारी नगरपालिका र जिल्ला प्रहरी कार्यालयको रहनेछ । सिसि टिभी क्यामेराको मनिटर जिल्ला प्रहरी कार्यालयमा रहनेछ ।
सिसि टिभी क्यामेरा जडान, मर्मत संम्भारका लागि विभिन्न बैंक तथा बित्तिय संघसंस्था, संखुवासभा उद्योग वाणिज्य संघ र ब्यक्तिहरुको सहयोगमा कोष समेत खडा गरिएको छ । खाँदबारी नगरपालिकाको ६६ प्रतिशत लगानी रहेको छ भने बैंक तथा बित्तिय संघसंस्थामा ३३ प्रतिशत स्रोत ब्यबस्थापन गरिएको जनाएको छ ।
उक्त कार्यक्रममा डेढ दर्जन भन्दा बढि ब्यक्ति तथा संघसंस्थालाई सिसि टिभी क्यामेरा जडानका लागि सहयोग गरिएको भन्र्दै सम्मानपत्रद्धारा सम्मानित समेत गरिएको थियो ।कार्यक्रममा खाँदबारी नगरपालिकाकी उपप्रमुख डेगेश्वरी श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति सरोज बज्राचार्य, पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी, नयाँ भैरवी दलका गुल्मपति प्राजु बस्नेत, सशस्त्र प्रहरी बलका इन्सपेक्टर राजेश थापा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
सोही कार्यक्रममा संखुवासभाका प्रहरी नायव उपरिक्षक नवराज मल्लको श्रीमती स्मृति राणा मल्लले ब्यक्तिगत रुपमा माट्स नेपालद्धारा संचालित अनाथलय बालगृहलाई स्टेशनरी, मानेभञ्जाङ्ग सुस्तश्रवण विद्यालयका बालबालिकालाई स्टेशनरी, मनकामना बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न र मनकामना गुरुकुललाई १० हजार नगद र जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तकालय खरिद गर्न १० हजार रुपैया सहयोग समेत हस्तान्तरण गरेका थिए ।


क्याटेगोरी : tags, अपराध/सुरक्षा, विशेष, समाचार, स्थानीय
ट्याग : #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्