आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात सञ्चालन
काठमाडौँ, १५ असार । आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।
मंगलबार विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिइने भएको छ ।
कोरोना संक्रमण केही घट्दै गए पनि जोखिम अझै कायम रहेको भन्दै जोरबिजोर प्रणालीमार्फत स्वास्थ्य मापदण्ड अपनाएर मात्रै यातायात चलाउन दिइएको हो ।
सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा थप गर्दै सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
अब २५ सीट क्षमता भएका सवारीहरु चल्न पाउने भएका हुन् ।
लामो दूरीका सवारी साधन भने अहिले सञ्चालन गर्न पाइने छैन ।
त्यस्तै, सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्