Techie IT
बुधबार, मंसीर ३,२०८३

साङला आइसोलेसनलाई Good Neighbors International को १ लाख ८२ हजारको स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । तारकेश्वर नगरपालिकाको नगर आइसोलेशन साङलालाई अन्तर्राष्ट्रिय असल छिमेकीहरु नामक संस्था Good Neighbors International ले १ लाख ८२ हजार ४ सय बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गुड नेग्भरस इन्टरनेसनका जिल्ला कोअडिनेटर दिपा सुवेदीले तारकेश्वर नगर प्रवत्ता बिदुर सापकोटालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छिन् । आइसोलेसन केन्द्रमा सामान बुझेपछि प्रवत्ता सापकोटाले तत्कालै आइसोलेसन केन्द्रलाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सामाग्रीहरुमा अक्सीजन फ्लो मिटर १० थान, अक्सीजन मास्क २० थान, भेन्टुरी फेस मास्क २० बक्स, पिपिई ७५ सेट, रिसर्भर ब्याक मास्क ४०, डिफेसेन्ट हाइड्रोक्लोरस एसिड ५ लिटरको २५ ग्यालीन, पल्स अक्सीमिटर १० पिस रहेका छन् ।

Good Neighbors International ले “कोभिडमा राहत सामाजिक क्षेत्रको साथ, परोपकारी मनले बढाउ सहयोगी हात” भन्ने नारालाई मान्दै अगाडी बढेको छ । स्वास्थ्य सामाग्री बुझ्ने कार्यक्रममा आइसोलेशनका वरिष्ठ डाक्टर नहकुल पौडेल लगायतका सिस्टरहरुको समेत सहभागिता रहेको थियो । सहयोगी दाताहरुले तारकेश्वर नगर आइसोलेसनमा बिरामीको संख्या बढ्दै गइरहेको हुँदा सहयोग गर्ने महानुभावहरुले साङला आइसोलेशनमा सहयोग हस्तान्तरण गर्न सक्नुहुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #Good Neighbors International, #आइसोलेशन साङला


तपाईको कमेन्ट लेख्नुहोस्