हेलम्बुमा मदन भण्डारी प्रतिष्ठानको स्वास्थ्य सिबिर
हेटौंडा, ११ असार मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा स्वास्थ्य सिबिर संचालन गरीरहेको छ । बिगत ३ दिन देखी संचालित सिबिरमा फरक फरक विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रधान गरीरहेको छ ।
गत असार १ गते आएको बिनासकारी बाढी पहिरोका कारण त्यस क्षेत्रमा स्वास्थ उपचारमा थप सेवा पुर्याउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफै चिकित्सकसहितको टोली लिएर हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकनमा पुग्नुभएको थियो ।
हेलम्बुमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर चलिरहेको प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो।
हाल हेलम्बुको क्षेत्रमा संचालित सिबिरमा नेपाल प्रहरी र नेपाली सेना सहितको स्वास्थ्यकर्मीहरुको संयुक्त टोलीले एक हप्तासम्म सेवा प्रदान गर्ने सिबिरमा सहभागी कार्कीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #मदन भण्डारी प्रतिष्ठान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्