चितवनमा खैरो हिरोइन सहित एक जना पक्राउ
चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइन सहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ६ जमौली बस्ने ३२ बर्षीया दिपक दंगाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दंगालले आफ्नो घरमा लागूऔषध खैरो हेरोईन संचय गरी राखी बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको टोलीले (मंगलबार) राती ९ बजे उनको कोठामा छापा मारेको थियो ।
छापा मार्ने क्रममा प्रहरीले उनको कोठाबाट लागुऔषध खैरो हेरोईन प्लाष्टिक सहित तौल गर्दा १२ ग्राम ७१० मिलिग्राम र प्लाष्टिक हटाई खैरो हेरोईन मात्र तौल गर्दा १० ग्राम २२० मिलिग्राम, दुइ थान मोबाइल तथा एक थान तराजु समेत बरामद गरेको छ । पक्राउ परेका दंगाल उपर लागूऔषध ऐन अन्तगर्तको मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत जनाईएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्