Techie IT
शुक्रबार, कात्तिक २१,२०८३

ओली नेतृत्व सरकारका २१ जना मन्त्रीहरु पदमुक्त


काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारकार २१ जना मन्त्रीहरु पदमुक्त भएका छन् । संसद बिघटनपछि काम चलाउ सरकारले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने भन्दै सर्वाेच्चले २१ मन्त्रीहरुलाई पदमुक्त गरिदिएको हो ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको हो ।
ओलीले जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र १० जना मन्त्री हटाएर उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २१ जना थप गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली नेतृत्व सरकार


तपाईको कमेन्ट लेख्नुहोस्