याद आउँदा…
- सुवास भट्टराई
याद आउँदा तिम्रो आज
आँखा मेरो रसाउछ
जब म एक्लो हुन्छु
अतितको पाना पल्टिदिन्छ
अनी भुल्छु म यो मेरो बर्तमानलाई रमाउछ
मन मेरो यो सम्झी तिमीलाई
सगै रही बिताएका ति दिनहरु
सगै बसी गरेका ति कुराहरु
सबै उस्तै छन यो मेरो
मनमा आज पनि
मसँग रिसउदाको तिम्रो मुहार
मैले केही भन्दा झरेका आसुँ दाना
अझै पनि आउछ आँखा अगाडि उस्तै गरी
सपनिमा देख्दा तिमीलाई मुटु मेरो चस्किन्छ
जब म एक्लो हुन्छु अतितको पाना पल्टिदिन्छ
सगै मिली गरेका ति ठट्टाहरु
कुरै नबुझी गरेका ति झगडाहरु
सबै ताजा छन यो मेरो
स्मृतिमा आज पनि
एकै स्वरमा गएका ति गीतहरु
एकै भैई लेखेका ति शब्दहरु
अझै पनि छन मेरो स्मरणमा उस्तै गरी हिड्दा
त्यो बाटो अतित आँखा सामु झल्किन्छ
हेर्दा तिमीले दिएको चिनो अतितको पाना पल्टिदिन्छ
क्याटेगोरी : विचार/बहस
ट्याग : #subash, #याद आउँदा, #सुवास भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्