खाँदबारी आइसोलेसनमा सातौं अन्तराष्ट्रिय योग दिवस मनाईयो
संखुवासभा : पतञ्जली योग जिल्ला समिति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संखुवासभाको आयोजनतामा खाँदबारी नगरपालिका–९ मा रहेको आइसोलेसनमा सातौं अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।
योग अभ्यासले कोरोना संक्रमित विरामीहरुको स्वास्थ्य अवस्थाको सुधार गर्न सहयोग पुर्याउने योग प्रशिक्षक क्षितिज बरालले बताए । बिरामीहरुको मनोबल उच्च राख्ने उदेश्यका साथ योग अभ्यास सुरु गरिएको उनि बताउँछन् । कोठामा दिन विताई रहेका कोरोना पोजेटिभ विरामीलाई योग अध्यासले थप हौला प्रदान गरेको पतञ्जली योज समितिका अध्यक्ष तथा प्रशिक्षक बराले बताए । दिवसका अवसरमा जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका जिल्लाका प्रमुख व्यत्तित्वहरुले संक्रमितहरु सँगै योग अभ्यास गर्दा उनिहरु थप हौसला थपेको छ । २४ दिन यता जिल्ला अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा योग अभ्यास निरन्तर सञ्चालन गरिएको योग समितिले जानकारी गराएको छ ।
योग दिवस कार्यक्रममा जिल्ला समन्वय प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज मल्ल उपस्थीति रहेको थियो । त्यसैगरी खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेस्वरी श्रेष्ठ, अस्पतालका निमित्त मेडीकल सुपरीटेन्डेण्ड डाक्टर सुन्दरश्याम झा, जिल्ला आयुर्वेद प्रमुख डाक्टर राम प्रभु चौधरी, लगाएतको उपस्थिति रहेको थियो । दिवसको अवसरमा जिल्ला आयुर्वेदले विभिन्न प्रकारका आयुर्वेद औषधी समेत विरण गरेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्